IME Life New

हिमालयन बैंकको वार्षिक साधारणसभा आह्वान, साढे ९२ लाख कित्ता एफपीओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न शेयर प्रिमियमसहित ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओ जारी गरिने बैंकले जनाएको छ।

एफपीओ जारीपछि सर्वसाधारण शेयर स्वामित्व बढ्ने र संस्थापकको घट्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। एफपीओ जारी गर्न नेपाल राष्ट्र बैंकमा निवेदन पेस भइसकेकोले त्यहाँबाट सहमति प्राप्त भएसँगै नेपाल धितोपत्र बोर्डलगायतका निकायबाट स्वीकृति भएपछि एफपीओ जारी गरिने बैंकले जनाएको छ।

सभाले संस्थागत सामाजिक उत्तरदायित्व बहनका क्रममा गत आर्थिक वर्ष २०८०।८१ मा विभिन्न संस्थालाई प्रदान गरिएको कुल १ करोड ३० लाख ४० हजार ५३५.१९ रुपैयाँ सहयोग अनुमोदन गर्नेछ। सभाले बैंकको सञ्चालक समितिमा जेसमिन हाडा बज्राचार्यलाई स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्ति स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS