IME Life New

हालसम्म ७ वटा लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचिकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ७ वटा संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म नेसनल लघुवित्त, सपोर्ट लघुवित्त , आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् ।

फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये १३ दशलमव ३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ० दशलमव ७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।

Esewa
Crest

स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १४ दशलमव २५ प्रतिशत बोनश शेयर दिने भएको छ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि वितरण गर्नेछ ।

संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ ।  यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

आशा लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभाश दिने भएको छ । जसमध्ये १५ दशलमव २५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशलमव ७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ ।

यता सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ४ हजार ७४६.३१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५०८.९९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २३७।३२ रुपैयाँबराबरको नगद लाभांश छन्। संस्थाले बुक क्लोज मिति तय गरेको छैन् ।

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि हाल कायम चुक्तापुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ९ करोड ४४ लाख ३५ हजार १०७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। संस्थाले बुक क्लोज मिति तय गरेको छैन् ।

नेसनल लघुवित्तले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६८५.९९ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने १६ करोड ६० लाख ८६ हजार ८४०।२५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।७५ प्रतिशतले हुन आउने ८७ लाख ४१ हजार ४१२.६४ रुपैयाँबराबरको नगद लाभांश छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS