IME Life New

हायर पर्चेज कर्जामा ग्राहकको बायोमेट्रिक अनिवार्य, जोखिमका आधारमा थप विवरण लिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुले ग्राहकको अनिवार्य रुपमा बायोमेट्रिक लिनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले पहिलोपटक हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था जारी गरेको हो। सोही व्यवस्थाअनुसार अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुले अनिवार्य रुपमा ग्राहकको ल्याप्चे सहीछाप तथा बायोमेट्रिक लिनुपर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

हायर पर्चेज कर्जा दिने कम्पनीले प्राकृतिक व्यक्तिको हकमा सम्बन्धित ग्राहक र कानुनी व्यक्ति वा प्रबन्धको हकमा सम्बन्धित संस्थाको निर्णयबमोजिम अख्तियारप्राप्त ग्राहकको बायोमेट्रिक लिनुपर्ने अनिवार्य गरिएको छ।

ग्राहक पहिचान तथा सम्पुष्टि गर्दा सम्पत्ति शुद्धीकरण निवारण नियमावलीको नियम ५ मा तोकिएका कागजात तथा विवरणहरु लिनुपर्ने साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली तथा यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्दा सम्बन्धित ग्राहकमा निहित जोखिमका आधारमा थप कागजात तथा विवरणहरु लिन आवश्यक देखिएमा सोसमेत लिनुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी कुनै प्राकृतिक व्यक्तिको कारोबारमा परिवारबाहेक अन्य कुनै व्यक्ति वास्तविक धनीका रुपमा रहेको शंका लागेमा सोको समेत पहिचान गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS