IME Life New

हामी भन्न चाहन्छौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिको तथ्यांक अनुसार गत पुस महिनासम्ममा नेपालमा बीमाको पहुँच १७ प्रतिशत पुगेको छ । समितिले बीमाको पहुँच बढेको ठोकुवा गरिरहँदा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु भने व्यक्तिगत विक्री भएका बीमा योजना गणना गर्ने हो भने मुश्किलले ४ प्रतिशत मात्रै पुगेको बताउँछन् । तथ्यांकले साढे दुई बर्षको अवधिमा बीमाको पहुँच ६ प्रतिशतले बढेको देखाए पनि आम मानिसको बीमा प्रतिको दृष्टिकोणमा परिवर्तन भने आएको छैन ।

बीमा भनेको सुरक्षा हो । फाईदा होईन । तर, आम मानिसले अझै पनि बीमा गरिएको रकलमाई बैंकमा जम्मा गर्ने रकमसँग तुलना गर्छन् । बैंकले निश्चित समय पछि सावाँ र ब्याज भुक्तानी गर्न सक्ला तर जोखिमको सुरक्षण गर्दैन । न त बचत गर्नका लागि बाध्य बनाउँछ । त्यसमा पनि नेपाल जस्तो प्राकृतिक रुपमा अत्ति जोखिम रहेको मुलुकमा बीमाको अपरिहार्यता छ । तर, बीमा कम्पनीले समयमा नै दाबी भुक्तानी नगर्ने, बीमा अभिकर्ताले आफनो व्यवसायीक मर्यादा कायम नराख्ने लगायतका कारण बीमा प्रति मानिसको सोच सकरात्मक हुन सकेको छैन । साथै बीमाका बिषयमा ज्ञान नहुँदा पनि बीमाको पहुँच बढ्न नसकेको हो ।

Esewa
Crest

यसै परिप्रेक्ष्यमा आम मानिसमा बीमा प्रति सचेतना जगाउँन, बीमा कम्पनी, बीमा समिति लगायत अन्य सरोकारवाला निकायलाई खबरदारी गरी बीमा व्यवसायलाई पारदर्शी बनाउँने अभिप्रायका साथ इन्स्योरेन्स खबर डटकमको सुरुवात गरिएको थियो । हामीले २०७५ बैशाख १ गते देखि औपचारिक सुरुवात गरेका थियौ । यो एक बर्षको अवधिमा हामीले समयमा दाबी भुक्तानी नहुने समस्या, बंैकारेन्सको गलत प्रचार, अभिकर्ता र सर्भेयरमा फैलिएको विकृति, नक्कली बैदेशिक रोजगारी बीमा लगायतका बिषयमा लेख्यौ । समग्रमा हामीले आम नागरिकलाई बीमा सम्बन्धी सुसुचित गराउँने प्रयास गर्यौ भने सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्यौ ।

यो अवधिमा हामीलाई सल्लाह, सुझाव दिएर सहयोग गर्ने बीमा समिति, बीमा कम्पनी र विज्ञापन दाता प्रति हामी आभारी छौ । साथै अभिकर्ता संघ, सर्भेयर संघको सहयोग प्रति पनि हामी कृतज्ञ छौ । आगामी दिनमा पनि हामी तपाईहरुको सहयोगको उत्तिकै अपेक्षा गर्दर्छौ ।

साथै आगामी दिनमा हामी हाम्रा पाठकलाई बीमा सम्बन्धी सुचना तथा जानकारी दिन प्रतिबद्ध छौ । हामी चाहन्छौ बीमा योजना कम्पनीले विक्री गर्ने हैन नागरिकले खरिद गर्ने वातावरण सृजना होस । र यो तब मात्रै सम्भव छ जब हामी मानिस जोखिम र बीमाका बारेमा सचेत हुन्छन् । आम नागरिकलाई बीमा सम्बन्धी जानकारी दिएर सचेत गराउँन इन्स्योरेन्सखबरडटकम सदैव एक कदम अगाडी रहने पनि हामी हाम्रो पाठकहरुलाई जानकारी गराउँन चाहन्छौ ।
साथै नयाँ वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कविता लामिछाने
प्रधान-सम्पादक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS