IME Life New

हट्यो संस्थागत शेयर लगानीकर्तालाई कर्जाको सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजारका संस्थागत लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थागत शेयर लगानीकर्ताका लागि कर्जाको सीमा हटाएको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत शेयर लगानीकर्ताका लागि कायम कर्जाको सीमा हटाइएको थियो। सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

Esewa
Crest

यसअघि संस्थागत शेयर लगानीकर्ता २० करोड रुपैयाँ र व्यक्तिगतका हकमा १५ करोड रुपैयाँ शेयर लोन लिन पाइने व्यवस्था थियो। अब कुनै एक वा सबै वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम गरिएको छ। तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागिमात्र यस्तो सीमा लागू नहुने व्यवस्था संशोधित निर्देशनमा गरिएको छ।

यसअघि राष्ट्र बैंकले गत साउन १७ गते संशोधित एकीकृत निर्देशन जारी गरेको थियो। त्यतिबेला केन्द्रीय बैंकले मौद्रिक नीतिमा ल्याइएको संस्थागत लगानीकर्तालाई कर्जाको सीमा खारेज गर्ने व्यवस्थालाई संशोधित निर्देशनमा ल्याएको थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS