IME Life New

हकप्रद शेयर प्रकरणः बीमा प्राधिकरण र नेप्सेको चेपुवामा पर्‍याे प्रभु इन्स्याेरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले शेयर काराेबारलाई प्रभावित पार्ने गरी सूचना चुहाएकाे आराेपमा प्रभु इन्स्याेरेन्सकाे शेयर काराेबार राेक्का गरेकाे छ। नेप्सेले सूचना चुहाएकाे दाबी गरे पनि प्रभु इन्स्याेरेन्सले नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति नलिई हकप्रद शेयर जारी गर्ने बारे नेप्सेलाई जानकारी गराएकाे अवस्थामा प्राधिकरणबाट नै कारवाहीमा पर्ने अवस्था भएकाे देखिएकाे छ।

प्राधिकरणले २०७७/१२/२४ गते सबै बीमकलाई जारी गरेको पत्र

तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरणमा रूपान्तरित) ले २०७७ चैत्र २४ गते बीमकहरुलाई पूँजी वृद्धि गर्न, पूँजी संरचना परिवर्तन गर्न र हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव राख्नुपरेमा समितिकाे सैद्धान्तिक स्वीकृति लिन र समितिकाे पूर्व स्वीकृति  नलिई प्रस्ताव गरेमा बीमा ऐन बमाेजिम कारवाही हुने चेतावनीयुक्त निर्देशन जारी गरेकाे थियाे । प्रमुख नियामक प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति प्राप्त नगर्दासम्म अन्य सराेकारवाला निकायमा जानकारी गराएकाे अवस्थामा प्राधिकरणबाट कारवाहीमा पर्ने जाेखिम नमाेलेर प्रभु इन्स्याेरेन्सले प्राधिकरणलाई मात्र यस सम्बन्धमा जारी गराएकाे देखिन्छ।

Esewa
Crest

प्राधिकरणमा पेश गरेकाे निवेदनकाे सक्कल पत्र नै आम सञ्चारमाध्यममार्फत् सार्वजनिक भएकाे घटनाले नियमनकारी निकायकाे चरम लापरवाही उजागर बनेकाे छ । प्राधिकरणबाट नै प्रभू इन्स्याेरेन्सले हकप्रद शेयर निष्काशनका लागी पूर्व स्वीकृति माग गरेकाे सूचना चुहिए पछि प्रभू इन्स्याेरेन्सकाे व्यवस्थापनले बाध्यतावश नेप्सेलाई हकप्रद शेयर सम्बन्धमा सञ्चालक समितिकाे २२६ औं बैठकले गरेकाे निर्णयबारे बुधबार जानकारी गराएकाेमा बिहीबार थप प्रष्ट्याएकाे छ।

1689835699696

पहिले नै सार्वजनिक जानकारीमा आइसकेकाे थियाे हकप्रद शेयरकाे विषयः

२०७९ माघ २९ गते २७ औं वार्षिक साधारण सभासम्बन्धी सूचनामा साधारण सभाकाे विशेष प्रस्तावमा ६.७ प्रतिशत बाेनश शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीमा नियामक निर्देशन बमाेजिम अपुग हुने रकम जुटाउनका लागी हकप्रद शेयर जारी गर्ने प्रस्ताव सार्वजनिक जानकारीमा ल्याएकाे थियाे । २०७९ फागुन २३ गते सम्पन्न साधारण सभाले अन्य निर्जीवन बीमकसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेकाे चुक्ता पूँजी पुर्याउनका लागी सम्बन्धित निकायबाट स्वीकृति लिई आवश्यक मात्रामा हकप्रद शेयर जारी गर्ने निर्णय गरेकाे थियाे । साधारण सभाकाे प्रस्तावित एजेण्डा र साधारण सभाबाट पारित निर्णय सम्बन्धमा धिताेपत्र बाेर्ड, नेप्से लगायतलाई नियमानुसार जानकारी गराएकाे अवस्था छ।

27th AGM Notice AGM Minute

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

33%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS