IME Life New

स्वावलम्बन लघुवित्तले सम्पन्न गर्यो दुई दिने वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बुंगमती शाखा कार्यालयले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुङ्गमती अन्तर्गत संचालित विभिन्न केन्द्रका केन्द्र प्रमुख तथा अभिभावकहरुको सहभागितामा संचालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं ६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर महानगरपलिका वडा नं १८ का सदस्य गोपाल डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ।

कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि।का नायव महाप्रबन्धक गोबिन्द चापागाई, प्रहरी प्रभाग बुङ्गमती, भैसेपाटिका प्रहरी निरीक्षक अनिल कुमार बैठा, दक्षिणकाली न.पा वडा नंं २ का वडा सदस्य सम्झना दनुवार, स्वावलम्बन लघुवित्त वित्तीय संस्था केन्द्रिय कार्यालय काठमाडौका बरिष्ठ प्रबन्धक जर्नादन ढकाल र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि।इलाका कार्यालय गठ्ठाघरका वरिष्ठ प्रबन्धक कृष्ण खनालको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि गोपाल डंगोलले स्वावलम्बन लघुवित्त बित्तीय संस्थाले दिएका सेवाहरु मध्ये कर्जा बिमा सेवाले सेवाग्राही सदस्यलाई भवितब्य पर्दा प्राप्त हुने राहत र संस्थाले गरेका विभिन्न सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना ब्यक्त गरे।

उनले कर्जा सदुपयोग गर्नुपर्ने, समुहमा मिलेर काम गर्दा उपलब्धी हासिल गर्न सहज हुने, संस्थाले स्थानिय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडी बढेमा आर्थिक तथा सामाजिक रुपानतरण गर्न सकिने र लघुवित्तले आर्थिक आय आर्जनमा मात्र नभइ उनिहरुको परिवारको शैक्षिक स्तरलाइ समेत अझै सुुदढ बनाउने तर्फ ध्यान दिनुुपर्ने बताए ।

कार्यक्रममा इलाका कार्यालय ठिमीका इलाका प्रवन्धक कृष्ण खनालले बित्तीय संस्थाको समग्र सेवाको वारेमा प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गरेका थिए । केन्द्रीय कार्यालयका वरिष्ठ प्रवन्धक जनार्दन ढकालले संस्थाको परिचय सहित बर्तमान अवस्था, समसामयिक समस्याहरु र समाधानका उपायका बारेमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै शाखा कार्यालय, बुंगमतीका कार्यालय प्रमुख दुर्गा कुमारी पराजुलीले शाखा कार्यालयको स्थापनाकाल देखि हाल सम्मको प्रगतीको अवस्था र बचत तथा कर्जाको वारेमा, लघुवित्तमा बहुबैकिङ्गले पार्ने समस्याका बारेमा जानकारी गराउदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट परेकी थिइन् ।

कम्पनीका अनुसार कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनका आधारमा प्रथम, द्वित्तीय र तृत्तीय हुुने केन्द्रहरुलाइ क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक बर्षको एस इ इ मा ग्राहक सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट नम्बर ल्याउने एक जना बिध्यार्थीलाइ नगद रु १० हजार साथै प्रमाण पत्र प्रदान गरिएको थियो भने कर्जा बिमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यहरुलाई जम्मा रु ११ लाख ३० हजार राहत सुविधा समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS