IME Life New

स्वावलम्बन लघुवित्तको साँखु शाखाद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँँखुले वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म संचालन भएको सो कार्यक्रम विशेषतः ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि शंखरापुर नगरपालिकाकी उपमेयर समिता श्रेष्ठले ग्राहकलाई सानो सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताइन् । बिशिष्ट अतिथि वित्तीय संस्थाका संचालक उमा जोशी बोहराले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताइन् । प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक फुलमाया घिसिङले उद्देश्य अनुसारको कर्जा लिई सहि ठाँउमा लगानी गरी प्रतिफल प्राप्त हुने गरी कार्य गर्न र संस्थाको नाम अनुसार स्वावलम्बी हुन आग्रह गरे ।

कार्यक्रममा गोकर्णेश्वर न.पा वडा नं. ६ की वडा सदस्य मञ्जु पुडासैनीले आफ्नो मन्तब्यका क्रममा लघुवित्तले समाजमा सामुहिक दायित्वका आधारमा विना धितो कर्जा प्रवाह गरेका कारण महिलाहरुको आर्थिक तथा सामाजिक अस्तित्व कायम राख्न ठुलो मद्दत गरेको र यसबाट उनीहरुको आर्थिक उन्नतिमा ठुलो प्रगती भएको बताइन् । समाजमा हाल विकृती पछि नलागी आर्थिक अनुशासन कायम राख्न सम्पुर्ण सदस्यलाई आग्रह गरिन् । त्यसैगरि, कागेश्वरी मनोहरा वडा नं. ७ की वडा सदस्य सुनिता बोगटीले आफ्नो ब्यवसाय संचालनको सहयात्री स्वावलम्बन रहेको बताइन् ।

कार्यक्रममा १५७ बटा केन्द्र मध्ये सर्वोत्कृष्ट तीन वटा केन्द्रहरु गोकर्णेश्वर ८ का क्रमशः प्रथम हुने आरुबारी स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ७७, दोश्रो गणेश स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. २० र तेश्रो शंखर स्वावलम्बन महिला केन्द्र, केन्द्र नं. ६५ लाई प्रमुख अतिथिहरुको को हातबाट प्रमाण पत्र सहित नगद पुरुस्कार दिई सम्मान गरिएको थियो । केन्द्र नं. १२० की सदस्य सावित्री पराजुली को छोरा सविन पराजुली २०७९ सालको एस.ई.ई. परिक्षमा उत्कृष्ट अंक ल्याई उतिर्ण भएकोमा बिशिष्ट अतिथिद्धारा प्रमाण पत्र सहित नगद पुरुस्कारले सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS