IME Life New

स्वायत्त सहकारी प्राधिकरण गठन गर्न सुझाव, संख्या कम गर्न मर्जरलाई जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभाबाट गठित सुझाव तथा सिफारिस समितिले सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको छ।

समितिले सहकारीसम्बन्धी विषय हेर्ने मन्त्रालय र राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा रही काम गर्ने गरी स्वायत्त संस्थाका रुपमा सहकारी प्राधिकरण स्थापना गर्नुपर्ने सुझाव दिएको हो। तर, प्राधिकरण गठन नभएसम्म नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमन टोलीले ठूलो वित्तीय कारोबार गर्ने सहकारीहरुलाई प्राथमिकतामा राखी अनुगमनलाई नियमितता दिनुपर्ने समितिको सुझाव दिएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाको उपस्थिति बाक्लो रहेका सहरी र अर्धसहरी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई कम संख्यामा कायम राख्ने नीति लिई एकीकरण (मर्जर)लाई प्राथमिकता दिने र सहकारी बैंकलाई आवश्यकतानुसार प्रदेश तहमा विस्तार गर्न सुझाव पनि समितिले दिएको छ।

सहकारीहरुलाई पुँजी तथा वित्तीय परिचालन क्षमताका आधारमा क, ख र ग वर्गमा विभाजन गरी नियमन गर्न उपयुक्त हुने सुझाव समितिको छ।

सहकारी संस्थाहरुको लेखापरीक्षण सहकारी विकास प्राधिकरणमा सूचीकृत लेखापरीक्षकहरुबाट गराउने प्रबन्ध गर्ने र हरेक वर्ष कम्तीमा एकपटक सहकारी संस्थाको अनुगमन गर्ने र उक्त आर्थिक वर्षको लेखापरीक्षण गर्दा अनुगमनमा जनाइएका कैफियत कार्यान्वयन भए नभएका सम्बन्धमा उल्लेख गर्ने गरी कानुनी प्रबन्ध गर्ने समितिले सुझाव दिएको छ।

Sahakari samiti

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS