IME Life New

स्वाबलम्बन लघुवित्त र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था र हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। स्वाबलम्बन लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि र हिमालयन ८०–२० ले प्रतिफल वितरण प्रयोजनका लागि भोलि कात्तिक ९ गते बुकक्लोज गर्दैछन्। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी तथा इकाईधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित सञ्चालकको रिक्त हुने एक स्थानका लागि सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS