IME Life New

स्वाबलम्बन लघुवित्तको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले लाभांश तथा साधारण सभाका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९४० रुपैयाँ ९२ पैसा कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समयोजन गरेको हो। अघिल्लो कारोबार दिन बिहीबार, दोस्रो बजारमा स्वाबलम्बनको शेयर प्रतिकित्ता १ हजार ७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३० गते, शुक्रबार, लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS