IME Life New

स्मार्ट टेलिकमकाे इजाजत अवधि एनसेलमा सार्ने प्रपञ्च तत्कालका लागी तुहियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । खारेजीमा परेकाे स्मार्ट टेलिकमकाे सम्पत्ती सकारेकै आधारमा एनसेल एजियाटाकाे लाइसेन्स अवधि १० वर्ष थप हुने गरी प्रस्ताव गरिएकाे कानूनी प्रावधानमा संशाेधन हुने भएकाे छ।

स‌ंचार तथा सूचना प्रविधि मन्त्रालयकाे निर्देशन पनि नेपाल दूरसंचार प्राधिकरणकाे गत म‌गलबारकाे बाेर्ड बैठकले खारेजीमा परेकाे स्मार्ट टेलिकम सम्पत्ती तथा दायीत्व सकारेकाे अवस्थामा स्मार्ट टेलिकमकाे इजाजत पत्रकाे अवधि एनसेल एजियाटामा गाभ्ने गरी तयार पारिएकाे व्यवस्थालाई स‌ंशाेधन गर्ने निर्णय गरेकाे हाे । संशाेधित प्रावधान मन्त्रालयले स्वीकृत गरेकाे अवस्थामा एनसेलकाे इजाजत पत्रकाे अवधि स्वतः थपिने संभावनाकाे अन्त्य हुनेछ।

Esewa
Crest

विदेशी लगानीकाे दूर संचार सेवा प्रदायक एनसेलकाे २५ वर्षे इजाजत अवधि १६ भदाै २०८६ मा समाप्त हुँदैछ। इजाजत पत्रकाे अवधि सकिएलगत्तै एनसेल सरकारी स्वामित्वमा आउने दूर स‌ंचार एेन २०५३ मा प्रावधान छ।

सरकारी बक्याैतावापतकाे रकम असुल उपर गर्नका लागी स्मार्ट टेलिकमकाे सम्पत्ती र दायीत्व सकार्नका लागी अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्नुपर्ने प्रावधान छ। पहिलाे चरणमा अन्तर्राष्ट्रिय बाेलपत्रमार्फत् कुनै कम्पनीकाे प्रस्ताव नपरे दाेश्राे चरणमा स्वदेशी दूर स‌ंचार कम्पनी सहभागी हुन सक्ने भन्दै कानूनी प्रावधान संशाेधन गरिएपछि एनसेलकाे लाइसेन्स अवधि घुमाउराे पारामा थप्न लागिएकाे भन्दै चर्काे आलाेचना भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS