IME Life New

स्मार्टफोनले ब्रेन क्यान्सर निम्त्याउँछ ? डब्ल्यूएचओले गर्यो यस्तो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँले मोबाइल फोनका बारेमा धेरै कुरा सुन्नु भएको होला। धेरै मानिस दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ। यस विषयमा अहिलेसम्म धेरै रिपोर्ट आएका छन्।

अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा मोबाइल फोनले ब्रेन क्यान्सर नहुने उल्लेख छ।

Esewa
Crest

डब्ल्यूएचओले दुई दशकभन्दा पुराना प्रतिवेदनलाई छानबिन गरी त्यसैलाई आधार मानेर समीक्षा तयार गरेको हो। पछिल्ला केही वर्षयता विश्वभर स्मार्टफोनको चलन बढेको छ। तर, प्रचलन बढेपछि पनि स्मार्टफोनले ब्रेन क्यान्सर गराउनेसँग कुनै सम्बन्ध भेटिएको छैन।
यस अनुसन्धानमा धेरै स्मार्टफोन प्रयोग गर्ने मानिसहरु सहभागी भएका छन्। त्यहाँ केही व्यक्तिहरु पनि छन्, जसले वर्षौंदेखि धेरै फोन प्रयोग गर्दै आएका छन्।

शोधकर्ताहरुले सन् १९९४ देखि २०२२ सम्म गरिएका ६३ अनुसन्धानको समीक्षा गरेर यो जानकारी सार्वजनिक गरेका हुन्। यस अनुसन्धानमा अस्ट्रेलिया सरकारको विकिरण संरक्षण प्राधिकरणका विज्ञहरु सहित १० देशका ११ अन्वेषकहरुले भाग लिएका थिए।

स्मार्टफोनमा धेरै समय बिताउने बालबालिकासहित ती सबै मानिसहरुका लागि यो अध्ययन राहात हो। यद्यपि, यसको मतलब यो होइन कि अत्यधिक स्मार्टफोन प्रयोगको कुनै साइड इफेक्ट छैन। यो समीक्षाले रेडियो फ्रिक्वेन्सी विकिरणका प्रभावहरुमा केन्द्रित छ, जुन मोबाइल फोनका साथै टीभी, बेबी मोनिटर र अन्य उपकरणहरुमा प्रयोग गरिन्छ।

प्रोफेसर मार्क एलउड यस अनुसन्धानका सहलेखक हुन् र क्यान्सरका विशेषज्ञ पनि हुन्। उनले भने, ‘कुनै पनि अनुसन्धानले जोखिम बढेको खुलासा गरेको छैन।’

इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)ले मोबाइल फोनबाट निस्कने तरंगलाई ‘सम्भावित कार्सिनोजेनिक’ अर्थात् २ बी श्रेणीमा राखेको छ। यसको मतलब यो हो कि क्यान्सरसँग यसको प्रत्यक्ष सम्बन्ध प्रमाणित गर्न पर्याप्त प्रमाण छैनन् तर यसलाई पूर्ण रुपमा अस्वीकार गर्न सकिँदैन। यो तथ्यांक सन् २०११ मा गरिएको अनुसन्धानबाट आएको हो। पुरानो तथ्यांकलाई ध्यानमा राख्दै एजेन्सीको सल्लाहकार समूहले यो वर्गलाई सकेसम्म चाँडो पुनः परीक्षण गर्न सिफारिस गरेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS