IME Life New

स्पर्स लघुवित्तको साधारण सभा सम्पत्र, साथै छिट्टै आइपिओमा जाँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले होटल बराही, लेकसाईडमा कार्तिक १८ मा दोस्रो वार्षिक साधारण सभा सम्पत्र गरेको हो ।

Esewa
Crest

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व.२०७५/०७६ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मति बाट पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुँजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपात बाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, साधारण सभाले प्रस्तावित जारी पुँजी रु.८ करोड २९ लाख ६३ हजारको ३२.५ प्रतिशतले हुन आउने रु.२ करोड ६९ लाख ६३ हजार बराबरको २ लाख ६९ हजार ६ सय ३० कित्ता साधारण शेयर सर्वसधारणलाई जारी गर्न सर्वसम्मतिले पारित गरेको छ ।

जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको र करीब ९ करोड बचत संकलन गरेको कुरा प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्री सजल खड्काले बताए । रु.१० करोड अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी रु.५ करोड ६० लाख रहेको छ भने सर्वसाधारणलाई शेयर जारी गरे पश्चात रु.८ करोड २९ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS