IME Life New

स्पर्स लघुवित्तको फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्पर्स लघुवित्त वित्तीय संस्था लि.ले सञ्चालनमा रहेका २० वटा शाखा कार्यालयहरुमा कार्यरत फिल्ड सहायकहरुलाई १ दिने फिल्ड व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

दुई चरणमा विभाजन भएको उक्त गोष्ठी परासीको वर्दघाट र पोखराको बेगनासतालमा सम्पन्न भएको हो ।

Esewa
Crest

सहभागीहरुलाई यस आ.ब.मा वित्तीय संस्थाले लिएको लक्ष्य प्राप्तीका लागि थप उत्प्रेरित वनाउने र फिल्ड कर्मचारीहरुको वृत्ति विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा वित्तीय संस्थाका जम्मा ६७ जना फिल्ड सहायकहरुको सहभागीता रहेको थियो ।

मंसिर २८ र पौष १ गते २ दिन अलग अलग स्थानमा भएको उक्त कार्यक्रमको पहिलो दिन कार्यक्रमको उद्घाटन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले मंसिर मसान्त सम्मको वित्तीय संस्थाको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरु, वित्तीय संस्थाको यस आ.ब.को लक्ष्य तथा यसको प्राप्तीका रणनीतिको बारेमा बताउँदै सहभागीहरुलाई लगनशिल भई कार्य गर्न उत्प्रेरित गरेका थिए ।

साथै यस अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, सदस्य परिचालन, धितो कर्जा लगानीमा उत्कृष्ट हुन सफल कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो ।

वित्तीय संस्थाका जनशक्ति व्यवस्थापन विभाग र कर्जा विभाग प्रमुख द्धय पवन बराल र हरिशरण गिरीले सञ्चालन गरेको उक्त कार्यक्रमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु र सञ्चालनमा रहेका २० वटा शाखाका सम्पुर्ण फिल्ड सहायकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS