IME Life New

स्थानिय समुदाय, सहकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यले एनएलजी सफल भयो – दिपक पोखरेल सँगको कुराकानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा कृषि बीमाको क्षेत्रमा उचित योगदान पुर्याएको भन्दै कृषि मन्त्रालयले सर्वोउत्कृष्ट बीमा कम्पनीको रुपमा सम्मान गरेको थियो । मन्त्रालयले कम्पनीहरुले कृषि बीमा बापत संकलन गरेको      बीमाशुल्क, बीमा जारी गरेको क्षेत्र, बीमाका काम अभिकर्ता लगायतका विभिन्न परिसूचक निर्धारण गरेको थियो । उक्त सुचांकमध्ये एनएलजी इन्स्योरेन्स सबैभन्दा अग्रपंक्तीमा देखिएपछि मन्त्रालयले कम्पनीलाई सम्मान गरेको हो ।

कम्पनीलाई कृषि बीमाको क्षेत्रमा काम गर्नका लागी थप हौसला प्रदान गर्न मन्त्रालयले सम्मान गरेको हो । एनएलजीका साथै मन्त्रालयले उत्कृष्ट कम्पनीका रुपमा सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई पनि सम्मान गरेको थियो । नेपालमा संचालित पुराना १७ निर्जीवन बीमा कम्पनीमध्ये सबैले कृषि बीमा जारी गर्दै आएका छन् । समितिले कम्पनीहरुलाई जिल्ला नै तोकेको कृषि बीमा जारी गर्न निर्देशन दिएको छ । यद्यपी अन्य कम्पनीको तुलनामा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तुती कसरी राम्रो र कम्पनी कसरी सफल हुन पुग्यो भन्ने बिषयमा विगत २६ बर्ष देखि बीमा क्षेत्रमा सक्रिय र पछिल्लो ६ बर्ष देखि कृषि बीमा क्षेत्रमा काम गर्दै आएका कम्पनीका कृषि विभागप्रमुख दिपक पोखरेल सँग इन्स्योरेन्स खबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:

Esewa
Crest

गत आर्थिक बर्ष तपाईको कम्पनी सर्वोउत्कृष्ट कृषि बीमा जारी गर्ने कम्पनी बन्न सफल भयो । तपाईहरु कृषि बीमाको क्षेत्रमा यति अगाडी बढ्नुको कारण के हो ?
कृषि मन्त्रालयले चालु आर्थिक बर्ष देखि यस्तो पुरस्कार वितरण गर्न सुरु गरेको हो । मन्त्रालयले कम्पनीहरुले गत आवमा गरेको कामको मूल्यांकन गरी पुरस्कार वितरण गरेको हो । यसको लागी मन्त्रालयले ४-५ वटा केही सुचकहरु छुट्याएको थियो । बीमा गर्ने किसानहरुको सङख्या, काम गर्ने एजेण्टको सङख्या , बिमाशुल्क र जिल्लाको पहुँचको आधारमा मूल्याकन गरिएको हो । मन्त्रालयले प्रत्येक कम्पनीको माथिको सुचकहरु हेरेको थियो । त्यसमा हाम्रो कम्पनी अब्बल देखियो । र हामीले सर्वोउत्कृष्ट पुरस्कार जित्न सफल भयौ । हामीले हाल ४९ वटा जिल्लामा कृषि बीमा संचालन गर्दै आएका छौ । हामी यस क्षेत्रमा सफल हुनुको कारण भनेको हामीले सहकार्यमा काम गरेका छौ । हामी गाउँ गाउँमा गएर स्थानिय निकाय, सहकारी र गैरसरकारी संस्थासँग सहकार्य गर्यौ । जसका कारण हामी अगाडी बढ्न सफल भएका हौ ।

अन्य कम्पनीको तुलनामा तपाईको कम्पनी के अर्थमा फरक छ ?
अन्य कम्पनी र हामीमा रहेको फरक भनेको हामी स्टाफलाई नियन्त्रणमा राख्ने काम गर्दैनौ । मुख्यत: हामीले तीन कुरालाई विशेष प्राथमिता दियौ । स्थानिय, सहकारी र गैरसरकारी संस्थासँगको कार्य र त्यसमा थप विज्ञ एवम् स्थानिय प्राविधिकको सहयोगको कारण हामी एक कदम अघि बढ्न सफल भयौ । सर्वप्रथम हामीले स्थानियलाई नै विश्ववास ग¥यो । हामीले स्थानिय स्तरमा रहेको प्राविधिकलाई नै बीमा सम्बन्धि तालिम प्रदान गरेर उहाँहरुमा भएको प्राविधिक ज्ञानलाई बीमामा ढालेर प्राविधक मार्फत हामी काम गरीरहेका छौ । जसको कारणले गर्दा पनी हामी अरुमा भन्दा फरक भएका हौ ।

गत आवमा एनएलजी इन्स्योरेन्स कम्पनीले कृषि बीमा मार्फत कति बिमाशुल्क संकलन गर्यो त ?
हामीले गत बर्षमा १२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियौ । आव २०७३/७४ मा भने हामीले १० करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थियौ । अघिल्लो आवको तुलनामा गत बर्ष २ करोड रुपैयाँ बृद्धि भएको छ । यसैगरी अघिल्लो बर्ष हामीले ८ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियौ । यो वर्ष पनि हामील करीब ८ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गर्यौ ।

गत बर्ष कम्पनीले कुन जिल्लामा सबैभन्दा बढी कृषि बीमा गराउन सफल भयो ?
हामीले गत बर्षको कुरा गर्ने हो भने ललितपुर जिल्लाबाट बढी कृषि बीमा गराउन सफल भयौ । त्यस क्षेत्रमा पनी हामीले धेरै पशु बीमा गर्यौ ।

सरकारले कृषि बिमामा दिदै आएको अनुदान रोकेको छ, यसले कम्पनीहरुलाई काम गर्न अप्ठेरो परेको छ कि छैन ?
सरकारले कृषि बिमा दिदै आएको अनुदान ठयाक्कै रोकिएको चाहि छैन । तर, ढिला गरी आउने गरेको छ । गत आर्थिक बर्षको हामीले २ महिनाको मात्र अनुदान पाएका छौ । अनुदान ढिला आउँदा कम्पनीको व्यवसायमा असर भने परेको छ । किनभने कम्पनीहरुले कृषकहरुलाई सेवा भने दिदै आएका छन् । दाबी भुक्तानी पनि दिदै आएका छन् । तर, कम्पनीले पाउँने रकम भने रोकिएको छ । त्यसैले कम्पनीलाई असहज भने भएको छ ।

कृषि बीमाको चुनौतीहरु के–के हुन् ?
कृषि बीमाको पहिलो चुनौती भनेको नेपालमा व्यवसायिक रुपमा कृषि बिमा विकास हुन नसक्नु हो । अझै पनि मानिसहरुले आफनो परिवारको लागी मात्रै एउटा दुईवटा पशु पाल्ने र खेती गर्ने गर्छन् । केही थोरैले मात्रै व्यवसायिक रुपमा कृषि पेशा अपनाएका छन् । अर्को समस्या भनेको कृषकहरुमा कृषि बीमा सम्बन्धि चेतना पनि छैन । जसका कारण कृषि बीमा जारी गर्न कृषकहरुलाई बुझाउन कठिन भएको छ ।

कृषि बीमा गर्दा किसानलाई के फाईदा त?
एउटा कृषकको लागी कृषि बीमा एकदम उपयोगी हुन्छ । तर, बीमा भनेको फाईदा होईन सुरक्षा हो । यदि कृषकले आफनो पशुपन्छी वा खेतीको बीमा गर्छ भने कुनै कारणले उक्त क्षति भएमा कृषकले क्षतिपूर्ति पाउँछ । अर्थात् कुनै कारणवश (योजना लेखिएका कारण) कृषकले बीमा गरेको पशुपन्छी वा खेतीपातीमा कुनै हानी नोक्सानी भएपनि कृषकले चिन्ता लिनु पर्दैन । कम्पनीले क्षति भएको रकमको ९० प्रतिशतसम्म भुक्तानी गर्छ ।

कृषि बीमा गर्दा कृषकले कुन–कुन कुरामा ध्यान दिनुपर्छ ?
देखासिकी गरेर बीमा गर्नु हुँदैन । सबैभन्दा पहिला कृषकले आफुले के को बीमा गर्न चाहेको हो सो बिषयमा स्पष्ट हुनुपर्छ । उक्त बीमा गर्न चाहेको पशुपन्छी वा खेतीलाई कस्तो खालको बीमा खरिद गर्नुपर्छ भनेर अध्ययन गर्ने र सोधपुछ गर्ने गर्नुपर्छ । बीमा गरिसकेपछि बीमा योजना लेखिएका शर्तहरु राम्ररी अध्ययन गर्नुपर्छ । लेखिएका शर्तहरु पालना गर्नुपर्छ । क्षति भएमा प्रमाण सहित जतिसक्दो छिटो कम्पनीमा खबर गर्नुपर्छ ।

कृषि बीमालाई प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
स्थानिय तह र बीमा कम्पनी बीच समन्वय गरी बीमा सम्बन्धित तालिमको व्यवस्था गर्नुपर्छ । बीमा सम्बन्धि तालिमलाई अझ फलदायी बनाउन स्थानिय सहभागीता पढाउनु पर्छ । बीमा फाईदा होईन सुरक्षा हो भन्ने कुरा कृषकमा बुझाउँनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS