IME Life New

स्तरोन्नतिका लागि मनकामना केबलकार आजबाट ५० दिन बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना केबलकारको स्तरोन्नति हुने भएसँगै आज असार ३१ गतेदेखि ५० दिन केबलकार बन्द हुने जनाइएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने कम्पनीले जनाएको छ ।

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ। त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ।

Esewa
Crest

केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेको कम्पनीले जनाएको छ । केबुलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS