IME Life New

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सच्चायो बुक क्लोजको मिति, अब कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ तय गरेको बुक क्लोजको मिति सच्चाएको छ।

बैंकले आज प्रकाशित गरेको वार्षिक साधारणसभाको सूचनामा सञ्चालक समितिको मंसिर ३ गते बैठकले मंसिर ६ गते बुक क्लोज गर्ने निर्णय गरेको उल्लेख थियो। अहिले पनि नेप्सेमा एउटा सूचना पठाएर बैंकले बुक क्लोजको मिति सच्चाउँदै मंसिर १२ गतेलाई तय गरेको छ। यसको अर्थ मंसिर ११ गतेसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

बैंकले आफ्नो ३८ औँ वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ। नियामकीय निकायबाट कुनै फेरबदल गर्ने सुझाव आएमा सोही गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS