IME Life New

स्ट्यान्डर्ड चार्टर्ड बैंकले बढायो नाफा, वितरणयोग्य मुनाफा सवा ३ अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा बैंकले ८६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ८२ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.१७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १४ करोड ६१ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा ३.५८ प्रतिशतले बढेर १ अर्ब २३ करोड १४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने घटेर १ अर्ब १६ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ९ अर्ब ४२ करोड ९४ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर ८ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब ६३ करोड १० लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब १३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.९५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल १.१० प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३६.५७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३५.११ रुपैयाँ थियो। पीई रेसियो १९.३८ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२७.१३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS