IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘त्रिपल ए’ रेटिङलाई इक्रा नेपालले दियो निरन्तरता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले विदेशी लगानीको वाणिज्य बै‌ंक स्टाण्डर्ड चार्टर्ड बैंकको इस्युअर रेटिङ त्रिपल ए लाई निरन्तरता दिएको छ। वित्तीय सबलताको अवस्थालाई झल्काउने त्रिपल ए रेटिङ पाउने स्टाण्डर्ड चार्टर्ड नेपालको पहिलो र एक मात्र वाणिज्य बैंक हो ।

इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाएको शेयर जारीकर्ता (इस्युअर) संस्थाले तोकिएको वित्तीय दायीत्व समयमै पुरा गर्ने सन्दर्भमा उच्च सुरक्षित हुन्छन् । साथै यस्तो जारीकर्ताको कर्जा जोखिम पनि न्यूनत्तम हुन्छ ।

Esewa
Crest

२७ वटा एटिएम र जम्मा १२ वटा शाखा कार्यालयमार्फत् सेवा प्रदान गरिरहेको यो बैंक सबैभन्दा सानो सञ्जाल हुने वाणिज्य बैंक हो। निक्षेप संकलनको आधारमा यसको कुल बजार हिस्सा २.२२ प्रतिशत र कर्जा प्रवाहमा बजार हिस्सा २.0४ प्रतिशत रहेको छ। बैंकले आर्थिक वर्ष २०२३ मा ३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ करपछिको नाफा गरेको छ ।पौष मसान्तसम्ममा चालू आवमा बैंकले १ अर्ब ७२ करोड ६० लाख रुपैयाँ कर पछिको नाफा गरेको छ। यसको कर्जा निक्षेप अनुपात चालू आव २०८०।८१ को पौष मसान्तसम्ममा ७३.२१ प्रतिशत रहेको छ।

स्ट्याण्डर्ड चार्टर्डको कर्जा पोर्टफोलियोमा शीर्ष २० वटा ऋणीले ४० प्रतिशत कर्जाको उपभोग गरेका छन् ।इक्रा नेपालका अनुसार कर्जा उपभोग गरेका ऋणीमध्ये धेरैजसो आफ्नो व्यापारको क्षेत्रमा स्थापित र ठूला कारोबारी भएको र कर्जा लगानी गरिएकोमध्ये ६८ प्रतिशत लगानी योग्य श्रेणीमा रहेका छन् । निक्षेप संकलनतर्फ पनि शीर्ष २० निक्षेपकर्ताले गत पौष मसान्तसम्मको विवरण अनुसार कूल निक्षेपको २६ प्रतिशत हिस्सा ओगटेको  छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS