IME Life New

सेयर बजारको सुधारको लागि नेपाल राष्ट्र बैंकको निर्देशन मार्जिन लेण्डिङ ६५ प्रतिशत रिस्क वेट घटाएर सय प्रतिशतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नका लागि निर्देशन जारी गरेको छ । बैंकले नेपाल राष्ट्र बैंककै डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठिन उच्चस्तरीय अध्ययन समितिले बुझाएको प्रतिवेदको अनुसारमा उक्त निर्देशन जारी गरेको हो ।

Esewa
Crest

जस अनुसार राष्ट्र बैंकले मार्जिन लेण्डिङको सिमालाई बढाएर ६५ प्रतिशत पुर्याएको छ । यस अघि यस्तो सिमा ५० प्रतिशत मात्र रहेको थियो । सेयर लगानीकर्ताले बजार उच्च रुपमा घटेको भन्दै मार्जिन लेण्डिङ बढाउन माग गरेका थिए । यसैगरी सेयर कर्जाको रिस्क वेट पनि घटाएर १०० प्रतिशतमा झारेको छ । यस अघि यस्तो रिक्स वेट १५० प्रतिशत रहेको थियो । राष्ट्र बैंकले अध्ययन समितिको सुझाव अनुसार यस अघि मौद्रिक नीतिबाट सेयरमा कडाई गरेको सबै नीतिनियमलाई परिमार्जन गरेको छ । जस अन्तरतग बैंकले बैंकहरुले आफ्नो प्राथमिक पूँजीको ४० प्रतिशतसम्म सेयर कर्जामा लगानी गर्न सक्नेछन् भने बैंक तथा वित्तीय संस्थाले एउटा सुचिकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पूँजीको बढीमा १० प्रतिशत लगानी गर्न सक्नेछन् । यसैगरी राष्ट्र बैंकले मार्जिन कलमा पनि लगानीकर्तालाई थप सुविधा दिएको छ । आगामी दिनमा सेयर कर्जामा हकप्रद तथा बोनस सेयर जारी गरेर सूचिकरण नभएको अवस्थामा पनि धितोमा राखिएको सेयरलाई गणना गर्न पाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS