IME Life New

सेबोनको पाइपलाइनमा थपियो २० जलविद्युत कम्पनीको आइपीओ, कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग थप २० वटा जलविद्युत कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेका छन्। ती कम्पनीले विभिन्न मितिमा आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिए पनि धितोपत्र बोर्डले आज पाइपलाइनमा राखेको हो।

धितोपत्र बोर्डमा बुंगल हाइड्रो, कलंगा हाइड्रो, सानीगढ हाइड्रो, एपेक्स मकालु हाइड्रोपावर, एप्पलो हाइड्रोपावर, गौरीशंकर पावर डेभलपमेन्ट, शिखर पावर डेभलपमेन्ट, सुरी न्यादी पावर सुपर खुदी हाइड्रोपावर र माउन्ट एभरेस्ट पावरले आइपीओ ल्याउन अनुमति मागेका छन्।

Esewa
Crest

त्यसैगरी युनिक हाइडेल, आशुतोष इनर्जी, हिलटन हाइड्रो इनर्जी, स्नो रिभर्स, झापा इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पुवाखोला–१ हाइड्रोपावर, मादमे खोला हाइड्रोपावर, नीलगिरी खोला हाइड्रोपावर र चम्पावती हाइड्रोपावरले पनि आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।

यी २० वटै कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सर्वसाधारणलाई शेयर जारी गर्नेछन्।

यी २० कम्पनीसहित हाल धितोपत्र बोर्डको पाइपलाइनमा ३७ वटा कम्पनीको आइपीओ अनुमति पर्खाइमा छन्। यी कम्पनीले १५ करोड ७ लाख ९० हजार ४६५ कित्ता सर्वसाधारणमा जारी गरेर १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ लगानी जुटाउनेछन्।

थपिएका हाइड्रोपावर कम्पनीको सूची

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS