IME Life New

‘सूर्यज्योति लाइफको नेतृत्व तहमा महिला सहभागिता उच्च प्राथमिकतामा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफले महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कम्पनीमा महिला मैत्री वातावरणसँगै महिला सहभागिता उच्च प्राथमिकतामा रहेको घोषणा समेत गरेको छ।

कम्पनीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक गरेको जनचेतनामूलक श्रव्यदृश्यमा सञ्चालक समिति देखि अभिकर्ता सञ्जालसम्ममा महिलाको सम्मानजनक सहभागितालाई सुनिश्चित गरिएको जानकारी दिइएको छ। कम्पनीको सञ्चालक समितिमा सात सदस्यमध्ये २ जना महिला सदस्य रहेका छन् । यसैगरी कम्पनीमा कार्यरत कर्मचारीमध्ये महिला कर्मचारीको संख्या ३७ प्रतिशत रहेको छ।

Esewa
Crest

कम्पनीका अनुसार १३ विभागीय प्रमुख मध्ये २ र १५ जना क्षेत्रिय प्रबन्धकमध्ये ५ महिला रहेका छन् । यसबाहेक १७६ शाखा प्रमुखमध्ये ४१ शाखा प्रबन्धकको जिम्मेवारीमा महिला नै रहेका छन् । सर्वसाधारणको घरदैलोसम्मै जीवन बीमाको लाभ पुर्याउने महत्वपूर्ण जिम्मेवारीमा खटिएका अभिकर्तामध्ये ४५‍.५ प्रतिशत महिला अभिकर्ता रहेकोमा कम्पनीले गर्व गरेको छ। कम्पनीले जीवन बीमा सेवाको क्षेत्रमा नेतृत्वमा महिला सहभागितामा गर्व गर्दै महिला नेतृत्वको सबलता र सक्षमतामा विश्वास रहेको बताएको छ।

कम्पनीको कर्मचारी लक्ष्मी शाक्यले महिला कर्मचारीका लागी समेत कम्पनीमा काम गर्ने राम्रो वातावरण पाएको बताउँदै भनेकी छिन्, हामीले करियर ग्रोथ(वृत्ती विकास ) को पर्याप्त अवसर पनि पाएका छौं ।

१५ वर्षदेखि सूर्यज्योति लाइफमा आबद्ध अर्की कर्मचारी मोना चित्रकारको अनुभवमा महिलाका लागि वित्तीय स्वतन्त्रता महत्वपूर्ण भएकाले सूर्यज्योतिसँगको आबद्धताले महिला कर्मचारीलाई पर्याप्त स्वतन्त्रता दिएको छ। कार्य स्थलको वातावरण बारे खुलाउँदै भनेकी छिन्, यहाँ जागिर र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्ने वातावरण छ,बिदाको सहज सुविधा छ।

अर्की महिला कर्मचारी सबिता श्रेष्ठले काम गर्ने क्रममा होस वा बिरामी पर्दाको अवस्थमा व्यवस्थापन वा सहकर्मीबाट सकारात्मक सहयोग हुने भएकाले काम गर्नलाई सहज छ।उनले अझै थप्दै भनेकी छिन्, कोही(यहाँ) काम गर्छु भनेर आउनुहुन्छ भन्ने (काम गर्न) एकदमै सजिलो छ।

रमिला शाक्यले पनि पारिवारिक वातावरण अनुभव गरेको बताउँदै महिलालाई प्राथमिकता दिएर अघि बढ्ने कला सिकाएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद ज्ञापन गरिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS