IME Life New

सूर्यज्योति लाइफ ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक’ अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्ड’बाट सम्मान गरिएको छ।

अवार्डको पाचौँ संस्करणअन्तर्गत ७ फेब्रुअरीमा इन्डियन चेम्बर अफ कमर्सले थाइलेन्डको बैंककमा आयोजना गरेको पाचौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२४ मा सूर्यज्योति लाइफले ‘बेस्ट इनोभेसन्स लिड बाई टेक्नोलोजी एन्ड इन्स्योरटेक–नेपाल’ विधामा अवार्ड हासिल गर्न सफल भएको हो।कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डलगायत अन्य देशका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीको उपस्थिति थियो। विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसी, इन्डियन इन्सिटिच्युट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरुलगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचांकहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।

Esewa
Crest

उक्त बिधाको अवार्ड सूर्यज्योति लाइफका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्रहण गरेका थिए। उक्त अवसरमा कम्पनीका सञ्चालक हेमन्त नहाटा, कर्मचारीद्वय निरञ्जन रेग्मी र गीता बस्नेतको पनि उपस्थिति थियो।कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरेका सूर्यज्योति लाइफका सञ्चालक हेमन्त नहाटा प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी थिए। उनले सूर्यज्योतिले अवलम्बन गरेको डिजिटल प्रविधिको रणनीति र हाल नेपालमा बीमा क्षेत्रको अवस्था र यसका चुनौती माथि प्रकाश पारेका थिए।

ऐतिहासिक सफल मर्जरको इतिहास रच्न सफल कम्पनीले छोटो अवधिमै हरेक सूचांकमा उत्कृष्टता हसिल गर्दै आइरहेको र यो अन्तराष्ट्रियस्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताको प्रमुख भूमिका रहेको जानकारी गराउँदै अध्यक्ष भट्टराई नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन, कम्पनीको सञ्चालक समितिको हौसला र विश्वासका लागि कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS