IME Life New

सूर्यज्योति लाइफले पायो प्रतिष्ठित इमर्जिङ एशिया अवार्ड, चारवटा बिधामा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स  कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ। अवार्डको चाैथो स‌ंस्करण अन्तर्गत २२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको ‘ चौर्थौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’ मा सूर्यज्योति लाइफले निम्न लिखित चारवटा बिधामा अवार्ड हासिल गर्न सफल भएको हो ।

 

Esewa
Crest

१. “बेस्ट वुमन इन लिडरशीप”,

२. “बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग”,

३. “बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन”

४. “बेस्ट लाइफ इन्स्योरेन्स”

उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड  लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विश्व विख्यात चार्टर्ड  एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी , इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा चारवटै बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले ग्रहण गरेका थिए ।

ऐतिहासिक सफल मर्जरको छोटो अवधिमै हरेक सुचांकहरुमा कम्पनीले उत्कृष्टता हसिल गर्दै आईरहेको र यो अन्तराष्ट्रियस्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने कम्पनीका सम्पूर्ण कर्मचारी र अभिकर्ताहरुको प्रमुख भुमिका रहेको जानकारी गराउँदै, नियमनकारी निकाय बीमा प्राधिकरणको मार्गनिर्देशन ,कम्पनीको सञ्चालक समितिको हौसला र बिश्वाशको लागि प्रमुख कार्यकारी अधिकृत खत्रीले कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS