IME Life New

सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ भव्य रुपमा सम्पन्न, विभिन्न विधामा सम्मान र पदक प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ । उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका २ सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो । देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यावसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो । सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यावसाय अन्तर्गत उपिन्द्रा राई (नयाँबानेश्वर) लाई अवार्ड, ट्रफि र नगदसहित सम्मानित गरिएको थियो ।

त्यस्तै प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरव कुमार शाही र कमल प्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । उक्त अवसरमा कम्पनीले एमडीआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो ।

कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो ।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखा मध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मानित गरिएको थियो ।

उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्द किशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्कालगायतले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै अवार्ड प्रदान गरेका थिए । साथै कार्यक्रममा सहभागीहरुले ब्रान्ड एम्बेसडर हमालसँग फोटोसेसन समेत गरेका थिए ।
कार्यक्रममा चिफ बिजनेश अफिसर फर्शुराम मरासिनीले स्वागत मन्तव्यका साथ गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीति र लक्ष्यका बारेका प्रकाश पारेका थिए ।

उक्त अवसरमा बरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्काले सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बिमा कम्पनी बन्नु पर्ने दाबी गर्दै भने, ‘यो सम्भव हामीले प्रदान गर्ने सेवाहरु, बीमा योजनाहरु र विश्वासनियताद्वारा प्राप्त हुन्छ ।’

कार्यक्रममा अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले भने, हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र हामीमा क्षमता, इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए । साथै कम्पनिले समयसापेक्ष उत्कृष्ट बीमा योजना पस्किँदै आएको र बीमितहरुको सहजताको लागि नयाँ–नयाँ प्रबिधिमैत्री सेवा बिस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बिमीतहरुका लागि एकदमै उपयोगी भएको बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक विवेक झाले उपस्थित अभिकर्ताहरुलाई सम्बोधन गर्दैे कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बीमा कम्पनीको रुपमा स्थापित गरी बीमा कम्पनीहरुका बीच आफूलाई अब्बल र उत्कृष्ट हुनेमा ढुक्क रहेको बताए । ‘अभिकर्ताहरुलाई कम्पनीको ब्रान्ड एम्बेसडर हुनुहुन्छ,’ झाले अभिकर्ताहरुलाई थप हौसला प्रदान गरे ।

त्यस्तै अर्का सञ्चालक नन्दकिशोर शर्माले अभिकर्ताहरुनै कम्पनीका मेरुदण्ड भएको जनाउँदै कम्पनीको उपलब्धीको सम्पूर्ण श्रेय अभिकर्तालाई नै जाने बताए ।

उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य र मान्यतामा अडिग रही लाखौं नेपालीहरुको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको बताए । उक्त अवसरमा हमालले कम्पनी एवं अभिकर्ताहरुले बीमितहरुको विश्वास जित्दै बलियो सम्बन्ध स्थापित गरोस् भन्दै शुभकामना दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS