IME Life New

सूर्यज्योति लाइफका बीमितले अनलाइनबाट प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बीमालेख नविकरण गर्ने आफ्ना बीमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ।

यस योजना अन्तर्गत खल्ती एप मार्फत मंसिर १८ गतेदेखि पुष २९ गते सम्मका बीमाशुल्क भुक्तानी गर्ने जुनसुकै बीमितले थुप्रै उपहार प्राप्त गर्न सक्नेछन। सूर्यज्योतिका बीमितहरुले खल्ती एप प्रयोग गरी आफ्नो प्रिमियम तिर्दा रु ३०० देखि रु ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

जसअन्तर्गत बीमा नविकरण मिति अगावै भुक्तानी गरेमा रु ५०० र तोकिएको नविकरण मितिको ७ दिन भित्रमै भुक्तानी गरेमा रु ३०० प्राप्त गर्न सक्नेछन्।

साथै साप्ताहिक योजनामा प्रत्येक हप्ता छानिने भाग्यशाली एक जना बिमितले दुईवटा सिनेमाको टिकेट ,प्रत्येक १५ दिनमा छानिने एक भाग्यशाली बिजेताले इएर बड जित्ने अवसर प्राप्त गर्नेछन भने सूर्यज्योति मोबाइल एप रजिस्ट्रेशन गरी आफ्नो बीमाशुल्क तिर्ने हरेकले रु ५० बराबरको मोबाइल टपअप प्राप्त गर्नेछन। यसै योजनाको बम्पर उपहार अन्तर्गत अन्त्यमा एक जना भाग्यशाली बिजेताले स्मार्ट मोबाइल फोन जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

यस्ता किसिमका योजनाद्वारा मोबाइल एप प्रयोगकर्ताहरुमा वृद्धि हुनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी बिमित तथा अभिकर्ताहरुले सूर्यज्योति लाइफका विभिन्न सेवाहरु सहज र सरल तरिकाले घरमै बसेर उपयोग गर्न सक्ने र कम्पनीका हरेक सूचना र योजनाको तुरन्तै जानकारी प्राप्त गर्ने सक्ने हुनाले प्रबिधिको प्रबर्द्धनमा आफूले बिशेष जोड दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ,प्रकाश बिक्रम खत्रीले बताए।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ। जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आइएसओ ९००१ -२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ।

कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०र८१ को वित्तिय विवरण स्वीकृत भई शेयरधनीहरुका लागि २० प्रतिशत नगद लाभांस घोषणा गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS