IME Life New

सूचीकृत सबै वाणिज्य बैंकको बढ्यो शेयरभाउ, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिमा केही लचिलो नीति आएपछि आज शेयर बजारमा आज उछाल आएको छ। गत शुक्रबार मौद्रिक नीति सार्वजनिक भएको थियो।

आज नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा उक्लिएको छ। आज बजारमा लघुवित्त समूहबाहेक अन्य सबै १२ वटा समूहमा हरियाली छाएको छ। आज बैंकिङ सेक्टर सर्वाधिक ९.८९ प्रतिशतले बढेको छ।

Esewa
Crest

बैंकिङ सेक्टर चम्किँदा यो समूहमा सूचीकृत १९ वटै वाणिज्य बैंकको शेयरभाउ बढेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक ८.३० प्रतिशत बढ्दा अरु १८ वटै बैंकको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ।

आज कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकको शेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यसैगरी एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको शेयरभाउमा १० प्रतिशतको हाराहारीको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

कुन बैंकको शेयरभाउ कति पुग्यो ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS