IME Life New

सुशासन भंग गर्दै हिमालयन बैंक, निष्क्रिय कर्जा बढ्यो, सामना गर्दै नियामकीय कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय हिमालयन बैंक सुशासन भंग गर्ने बैंकका रुपमा चित्रित हुँदै गएको छ। जनताको निक्षेपमा हदैसम्मको लापरबाही गर्ने बैंकका रुपमा हिमालयन बैंकको परिचय बन्न थालेको पाइएको छ।

पछिल्लो समय नागरिकले हिमालयन बैंकप्रति गुनासो गर्ने क्रम बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएका छन्। हदैसम्मको लापरबाही गर्न थालेपछि बैंकलाई केन्द्रीय बैंकले समेत कारबाही गर्दै आएको छ।

Esewa
Crest

बैंकमा मौलाउँदै गएको बेथितिको असर बैंकको वित्तीय विवरण अर्थात वासलातमा समेत देखिन थालेपछि लगानीकर्ता र निक्षेपकर्ता निराश हुन थालेका छन्।

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अधिकांश सूचक नकारात्मक देखिएका छन्। जसले निक्षेपकर्तालाई झनै तनाव दिएको छ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकको खुद ब्याज आम्दानी १०.०४ प्रतिशत घटेको छ भने खुद फी तथा कमिसन आम्दानी १३.१२ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.०३ प्रतिशत घटेको छ। बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

यतिमात्र नभई विगतमा मनलाग्दी लगानी गरेको कर्जा असुलीसमेत हुन नसक्दा बैंकमा समस्या उत्पन्न भएको बैंकका कर्मचारीहरु बताउँछन्। बैंकको निष्क्रिय कर्जा उच्च भएको छ। चालु आर्थिक वर्षको पुससम्ममा बैंकको निष्क्रिय कर्जा ४.९८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत रहेको थियो। यसरी हेर्दा बैंकको निष्क्रिय कर्जा घट्नुको साटो झनै बढ्दै गइरहेको छ।

हिमालयन बैंकले यसपटक पनि लाभांश नदिने भएको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले सोही बमोजिम राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि पेस गर्ने र स्वीकृति प्राप्त भएपश्चात उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा पेस गर्ने जनाएको छ।

बैंकले लगातार २ वर्षसम्म लाभांश नदिएर लगानीकर्तालाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०७९।८० मा पनि लाभांश वितरण गरेको थिएन। गत आर्थिक वर्षको लाभांशसमेत बैंकले वितरण गर्न सकेन। जसले लगानीकर्तालाई निराश बनाउँदै लगेको हो।

ठूलो र विश्वसनीय दाबी गर्दै आएको हिमालयन बैंकले आन्तरिक सुशासन कायम नगर्ने, मनलाग्दी कर्जा प्रवाह गर्नेलगायतका घटनासमेत बाहिरिरहेका छन्। सुशासन पालना नगर्ने र नियम मिच्ने बैंकमा यो बैंक अग्रपंक्तिमा आउन थालेको छ। जसकारण समय–समयमा बैंकले कारबाही समेत भोग्दै आएको छ।

हदैसम्मको मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा परेको छ। एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारबाही गरेको हो।

प्रचण्डबहादुर श्रेष्ठ अध्यक्ष र अशोकशमशेर राणा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले सीईओलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS