IME Life New

सुन धितो कर्जाः दुई सरकारी बैंकबाट सबैभन्दा धेरै प्रवाह (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ अचाक्ली बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ।

केही समयता विश्वका केन्द्रीय बैंकहरुले धमाधम सुन खरिद गरिरहेका छन्। जसका कारण सुनको माग बढ्दा भाउ पनि बढेको हो।

Esewa
Crest

अहिले ठूलठूला अर्थतन्त्रमा पनि मन्दीको त्रास देखिएको छ। नेपालको अर्थतन्त्र लामो समयदेखि सुस्त बनेको छ। उद्योग–व्यवसाय राम्ररी चलयामान हुन सकेको छैन।

सुनको भाउ बढ्दा धितो राखेर कर्जा लिन चाहनेलाई केही राहात भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०।८१ को १० महिनासम्म वाणिज्य बैंकहरुबाट सुन–चाँदी धितो राखेर ५० अर्ब ८४ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १५ वटा बैंकले सुन–चाँदी धितो राखेर उक्त कर्जा प्रवाह गरेका हुन्। यो शीर्षकमा कर्जा प्रवाह सबैभन्दा बढी दुईवटा सरकारी बैंकले प्रवाह गरेको देखिन्छ।

तथ्यांकअनुसार नेपाल बैंकबाट सबैभन्दा धेरै सुन धितो कर्जा प्रवाह भएको छ। यो १० महिनामा बैंकले २० अर्ब ८६ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कुल सुन धितो कर्जामा नेपाल बैंकको हिस्सा ४१.०४ प्रतिशत रहेको छ।

यसैगरी दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकले वैशाखसम्म सुन धितो राखेर १९ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कुल सुन धितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको हिस्सा ३८.८० प्रतिशत रहेको छ।

सुन धितो राखेर प्राइम कमर्सियल बैंकले ६ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो कर्जामा प्राइम कमर्सियल बैंकको हिस्सा १२.४४ प्रतिशत रहेको छ।

यो शीर्षकमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा एनएमबि बैंक रहेको छ। यो बैंकले ७ लाख रुपैयाँको हाराहारीमा मात्रै सुन धितो राखेर कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS