IME Life New

सुदृढ व्यापार र नाफाले विश्वव्यापी पुनर्बीमा बजारबारे रेटिङ एजेन्सी एएम बेष्टले राख्यो स्थिर दृष्टीकोण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एएम बेष्टले विश्वव्यापी पुनर्बीमा उद्योगका सम्बन्धमा आफ्नो दृष्टीकोण स्थिर रहेको घोषणा गरेको छ। पुनर्बीमा शुल्क दरमा भएको धार, जोखिम बहनको बीमा सुरक्षाको पर्याप्त माग र बढ्दो लगानी प्रतिफलले एएम बेस्टलाई विश्वव्यापी पुनर्बीमा क्षेत्रका लागि आफ्नो स्थिर दृष्टिकोण कायम राख्न प्रेरित गरेको हो।

१ जनवरी २०२४ मा पुनर्बीमा सम्झाैताहरु नविकरणको समय द्रूतरुपमा नजिकि‌ंदै गर्दा मूल्याङ्कन एजेन्सीले पुनर्बीमकले केहि समयका लागि बीमाशुल्क वृद्धि र जोखिमा‌ंकनको सवालमा हालको अडानलाई तत्कालका लागि नछोड्ने स‌ंकेत गरेको उल्लेख गरेको छ । यसको सकारात्मक असर कारोबार अ‌ंकमा वृद्धि र फराकिलो नाफामा पर्नेछ।

Esewa
Crest

एएमवेष्टले उल्लेख्य पुनर्बीमा दर सुधार, विशेष गरी सम्पत्ति पुनर्बीमामा, साथै उच्च प्रकोप घाटा र सामान्य आर्थिक अनिश्चितताको पछाडि पुनर्बीमा सुरक्षाका लागि बढेको मागलाई जानकारीमा लिएको छ साथै अमेरिकी बजारबाट जीवन र वार्षिकी पुनर्बीमाको मागमा उच्च वृद्धि हुने प्रक्षेपण पनि गरेको छ। यसबाहेक, मूल्याङ्कन एजेन्सीले स्थिर आय लगानीमा प्रतिफल दोब्बर भन्दा बढी भएको उल्लेख गर्दै, बढ्दो लगानी आयबाट पुनर्बीमकले लाभ उठाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS