IME Life New

सिम टिभीले ग्राहकको लागि ल्यायो थप मनोरञ्जनात्मक सामाग्रीहरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिम टि.भी. ले आफ्ना ग्राहकहरूको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरू प्रसारण गर्ने क्रममा ‘रमाइलो एचडी, ‘एक्सन स्पोर्टस् एचडी’, ‘प्लस मुभि’, ‘जुनियर टिभी’, ‘बलिउड बिट्स’, ‘सिने हिट्स’ र ‘गुञ्जन’ जस्ता मनोरञ्जनात्मक च्यानलहरू थप गर्ने भएको छ । सिम टि. भी. ले प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरू हालका लागि सम्पूर्ण ग्राहकहरूलाई निःशुल्क प्रदान गरेको छ ।

रमाइलो एचडिमा नयाँ नेपाली हाँस्यश्रृंखला माइकल ज्याक्सन, शेरले हँसाउँछ, दृष्टि र नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला–आनन्दी र जड्यौ री जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू नेपालकै पहिलो स्पोर्टस् च्यानलएक्सन स्पोर्टस् एचडिमा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरूको प्रत्यक्ष प्रसारणका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी विभिन्न कार्यक्रमहरू प्रसारण हुनेछ । यसै गरी बालबच्चाहरूको लागि पनि जुनियर टिभी पनि ल्याएको छ । अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरूबाट सिम टि.भी. ग्राहकहरूले भरपुर मनोरञ्जन लिन सक्नेछन्।

Esewa
Crest

केहि समय अगाडी डिश मिडिया नेटवर्क लिमिटेडले सिम्पल मिडिया नेटवर्क प्रा.लि. (सिम टिभी) किन्ने सम्झौता गरेको थियो, सो सम्झौता पश्चात सिम टिभीको ब्यबस्थापन कार्य डिश मिडियाले गर्दै आएको छ। सिमटिभी नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS