IME Life New

सिभिल लघुवित्तको नयाँ शाखा रुपन्देहीको देवदहमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप नयाँ शाखा कार्यालय स्थापना गरेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पु-याएको छ ।

Esewa
Crest

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पु¥याउदै आइरहेको छ ।

साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ ।

यसैगरी संस्थाले सदस्यहरुलाई आफ्नो बचत जम्मा गर्न तथा किस्ता भुक्तानी सहजताका निमित्त इसेवा मार्फत समेत रकम पठाउन सकिने गरी सुविधा प्रदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS