IME Life New

सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा गत शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । सभा ठमेलस्थित अलफ्ट होटलमा सम्पन्न भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामिण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने सन्देश व्यक्त गरे । आर्थिक एवं बैंकिङ गतिविधिहरुको विस्तारका लागि बाधक बनेका मौजुदा कानूनहरुको सुधारका लागि सरकार लागि परेको बताउँदै अब तथ्याङ्कमा भन्दा व्यवहारिकता र परिणामलाई मध्यनजर गरेर सरकार र समग्र निजी क्षेत्र हातेमालो गर्दै अगाडि जानुको विकल्प नभएको उनले जानकारी दिए ।

Esewa
Crest

त्यसैगरी विशिष्ट अतिथि उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय प्रा.डा. शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका का.वा. अध्यक्ष वीरेन्द्र प्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालज्यूले शुभकामना मन्तव्य राख्दै उपयुक्त नीति र वातावरणको सृजना, कर्जा÷लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहु्ँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधिहरुलाई चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारण सभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्नेमा आशावादी रहेको बताए ।

उद्घाटन समारोहमा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताए । आज हामी सिमेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्रमा आत्मनिर्भर बन्दै गरेको बताउँदै यसो हुनुमा बैकिङ क्षेत्रको भूमिकालाई बिर्सनु नहुने उनको धारणा रहेको थियो । बैंकिङ क्षेत्रले गरेका महत्वपूर्ण योगदानहरुको कदरसहित यस क्षेत्रलाई कहिकतैबाट प्रोत्साहन र हौसला नमिलेको धारणा व्यक्तगदै अध्यक्ष पौडेलले उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी भएन भन्ने गुनासोलाई बैंक तथा वित्तीय संस्थाहरुले गहिरोरुपमा चिन्तनमनन गरिरहेको समेत बताए ।

बैंकिङ क्षेत्रको अग्रणी संस्था सिबिफिन र आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको वर्तमान अवस्था, आवश्यकता र आम अपेक्षालाई हृदयगंम गर्दै जिम्मेवार एवं रुपान्तरणकारी बैंकिङ भूमिका निर्वाह गर्दै आएको बताए । प्रचुर संभावना बोकेका कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि सरकारले उचित वातावरण र नीति तय गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले मुलुकलाई विशाल अर्थतन्त्र र बजार भएका दुई ठूला छिमेकी मित्र राष्ट्रहरुवीचको साँघु बनाई भूराजनीतिक लाभ हासिल गर्न सकिने प्रचुर संभावनालाई सार्थकतामा परिणत गर्न आवश्यक रहेको समेत बताए ।

समुद्घाटन समारोहमा सिबिफिनसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश पौडेलले तयार गरेको ‘An Analysis of Nepalese Banking and Financial Institutions: National and International Perspectives’ विषयक अनुसन्धानमूलक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । दक्षिण एसियाली मुलुकका बैंकिङ क्षेत्रको तुलनात्मक अध्ययन गरिएको उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका कार्यकारी प्रमुख गुरु प्रसाद पौडेलज्यूलाई हस्तान्तरण समेत गरिएको थियो ।

त्यसैगरी उक्त चुनावी साधारण सभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ । सिबिफिनको विधानानुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीकोतर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरुमा नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल अध्यक्ष, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव, गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष र कार्यकारी सदस्यहरुमा प्रभु बैकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका संचालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लि.का अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका संचालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS