IME Life New

सिन्धु विकास बैंकको सीईओमा सुरेश देवकोटा नियुक्त, दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले चार्टर्ड एकाउन्टेन्ट देवकोटालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आउँदो पुस १ गतेबाट ४ वर्षका लागि लागू हुनेछ।

Esewa
Crest

यसअघि देवकोटा नबिल बैकको सहायक कम्पनी नबिल स्टक डिलरको सीईओ थिए। निजी क्षेत्रको पहिलो स्टक डिलरका रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत वर्ष असोज २१ गतेबाट कम्पनीको सीईओमा नियुक्त भएका थिए। गत वर्षकै अन्त्यतिर व्यक्तिगत कारण देखाएर उनले नबिल स्टक डिलरबाट राजीनामा दिएका थिए।

करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको कार्यकारी प्रमुख बन्नु अगाडि नबिल बैंकको प्रमुख लगानी अधिकृतका रुपमा कार्यरत थिए। आफ्नो बैंकिङ करिअर २०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका देवकोटाले लामो समय नेपाल बंगलादेश बैंकमा बिताएका थिए। तत्कालीन नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिएपश्चात देवकोटाले नबिल बैंकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए।

देवकोटाले नेपाल बंगलादेश बैंकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख जोखिम अधिकृतलगायतका कार्यकारी पदहरुमा रही आफूलाई अब्बल साबित गरेका थिए। व्यावसायिक रुपमा चार्टर्ड अकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वपार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्यसमेत रहेका थिए। देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आइएमई जनरल इन्स्योरेन्सलगायतका संस्थामा सञ्चालक सदस्यका रुपमा पनि कार्य गरिसकेका छन्। देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS