IME Life New

सिद्धार्थ बैंकको प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने अभिप्रायले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। यो कार्ड भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो।

यस कार्डलाई पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद कडेलद्धारा सार्वजनिक गरिएको थियो।

Esewa
Crest

प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्ट लंजमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि यूएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्।

यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिने र यसलाई प्रयोग गर्ने ग्राहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउने बैंकले बताएको छ। प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिने बैंकको भनाइ छ। साथै उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तरराष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको बैंकले जानकारी दिएको छ।

प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरुलाई विशेष प्राथमिकता दिने, उच्चस्तरीय सुविधा प्रदान गर्नुका साथै प्रयोगकर्ताको जीवनलाई सहज र व्यवस्थित बनाउने विश्वास बैंकको रहेको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS