IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दाबी फर्छ्योट अनलाइनबाट हुने, यस्तो छ प्रकृया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी फर्छ्योट अनलाइन (विद्युतीय माध्यम) बाटै गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहक अथवा बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागेको बताएको छ ।

अनलाइन दाबी प्रकृयाकाे प्रारम्भदेखि दाबी भुक्तानीसम्मकाे प्रकृयाबारे दाबीकर्तालाई जानकारी दिने गरी कम्पनीले ट्रयाक क्लेम पोर्टल तयार पारेकाे छ। ग्राहकलाई बीमा दाबीकाे प्रगती र अध्यावधिक अवस्थाबारे सहजै जानकारी लिन बीमितलाई सुविधा हुनेछ।

Esewa
Crest

बीमितले बीमा दाबी दर्ता गरेपछि सिद्धार्थ प्रिमियरले बीमितकाे मोबाइल नम्बरमा एसएमएसमार्फत् दाबीकाे सूचना दर्ता भएकाे पुष्टी गर्छ । एसएमएसमार्फत् बीमितले दाबी दर्ता नम्बर, अनलाइन पाेर्टल खाेल्ने लिंक, यूजर नेम र पिन नम्बर समेत प्राप्त गर्छन् । बीमितले युजर नेम र पिन काेड प्रयाेग गरेर त्यसपछिका चरणमा दाबीकाे प्रगतीबारे जानकारी लिन सक्छन् ।

बीमितले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि आफूले बीमा दाबी दर्ता गर्न सक्नेछन् । एक पटक दर्ता भइसकेकाे दाबीकाे सम्बन्धमा कम्पनीकाे दाबी विभागबाट भइरहेकाे काम, दाबीका लागी कम्पनीकाे तर्फबाट माग गरिएका थप सूचना वा प्रमाणकाे सम्बन्धमा पनि बीमित वा दाबीकर्ताले याे पाेर्टलकाे माध्यमबाटै जानकारी लिन सक्छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदबारले बीमितले कम्पनीमा फोन, इमेल वा एसएमएसका माध्यमबाट बीमा दाबी याेग्य घटना, दुर्घटनाबारे प्रारम्भिक जानकारी दिए लगत्तै कम्पनीले बीमा दाबी दर्ता गरेर पक्रिया अगाडि बढाउनेछ । त्यसपछि कम्पनीले क्षती मूल्याङ्कनका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरूको सूची उपलब्ध गराउनेछ । कम्पनीले आवश्यक परेमा नोक्सानी मूल्याङ्कन गर्न सर्वेक्षक समेत खटाई बीमितलाई सहजीकरण गर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत बैदवारले भने, प्रविधि मैत्री सेवाले बीमितलाई झन्झट रहित दाबी भुक्तानी प्राप्त गर्न सहज हुनेछ। समयकाे बचत र दाबीका लागी बीमा कम्पनीमै धाउनुपर्ने बाध्यताकाे अन्त्य हुनेछ। उनले प्रविधिकाे प्रयाेग बढाउँदै भविष्यमा अझै द्रूत सेवा दिन व्यवस्थापन तत्पर रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%
happy

खुसी

0%
sad

दु :खी

4%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS