IME Life New

सिद्धार्थ प्रिमियरले शुभारम्भ गर्यो डिजिटल बीमा, अब झन्झट रहित दाबी फर्छ्योट हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआइएल डिआइजीआइ प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआइएल डिआइजीआइको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् । यस माध्यमबाट ५० हजार सम्मको भुक्तानी एकै दिनमा हुने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्धारा संयुक्त रुपमा एक समारोहका विच एसपीआइएल डिआइजीआइ प्रणालीको शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिएका छन् । कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए । प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त वनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी वनाउने तर्फ थप कृयासिल रहने प्रतिवद्धता व्यक्त व्यक्त गरे ।

एसपीआइएल डिआइजीआइ डिजिटल प्रणाली भएको हुदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा विमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ । बीमितले निश्चित रकम सम्मको बीमा दावी फर्छयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकावाट बीमा सेवा लिन एवम् प्रदान सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

21%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

64%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS