IME Life New

सिद्धार्थ प्रिमियरले एक महिनामै गर्‍यो रु १५ करोड भन्दा बढी दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले फागुन महिनामा बीमितलाई १५ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ती दाबी भुक्तानी गरेको छ। कम्पनीले जारी गरेको दाबी भुक्तानी सम्बन्धी विवरण अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को फागुन महिनामा मात्र बीमितले क्षतिपूर्तीवापत कूल १५ करोड २० लाख रुपैयाँ पाएका छन्।

कम्पनीका अनुसार फागुन महिनामा कूल ११४७ वटा दाबीवापतको रकम भुक्तानी गरिएको हो। गत महिना कम्पनीमा ११४३ वटा नयाँ बीमा दाबीको निवेदन दर्ता भएको थियो ।

Esewa
Crest

यसैगरी चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल ८ हजार ८२२ वटा दाबी वापतको भुक्तानी दिएको छ ।कम्पनी का अनुसार यो अवधिमा कम्पनीले बीमितलाई क्षतिपूर्तीवापत कूल १ अर्ब ३१ करोड २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। यसैगरी कम्पनीले आठ महिनाको अवधिमा कुल १० हजार ५ वटा दाबी निवेदन प्राप्त भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS