IME Life New

सिद्धार्थ इन्स्योरेन्सको तीन नयाँ बीमा योजना सार्वजनिक, सद्भावना दूतमा पूर्व मिस नेपाल माल्भिका सुब्बा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सले तिन नँया बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्तरुपमा बीमा सेवाको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रमको अवसरमा कम्पनीले सद्भावना दूतको रुपमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई नियुक्त गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कार्यक्रममा बोल्दै –“पछिल्लो ६ महिनाको आधारमा बीमा पहुँच बढेर १६ प्रतिशत पुगेका कार्यक्रममा बताएका छन् । ” बिशेष गरेर हामी नियमनकारी निकाय भएको नाताले हामीले कम्पनी प्रती बीमितको विश्वनियता र दाबी कुन रुपमा दिईरहेको छ भन्ने कुरा पनि बिशष मूल्याङकन गरिरहेका हुन्छौ । सिद्धार्थ इन्स्योरेन्स दाबीको हकमा राम्रो रहेको र कम्पनी आगामी दिनमा पनि सफल रुपमा अघि बढ्दै जाने कुरामा विश्वस्त रहेको उनले भने ।

Esewa
Crest

उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले– “आगामी दिनमा ग्राहकको स्थितीलाई मध्यनजर गरेर समय सापेक्ष अनुसार नै नँया बीमा योजना ल्याउदै जाने बताएका छन् ।” जबसम्म बीमा स्वईच्छाले गरिदैन तब सम्म बीमाको बजार अघि बढ्दैन् । स्वईच्छाले बीमा गराउने वातावरण तय गरेर वातावरण सुहाउँदो बीमा योजना ल्याउनु पनि जरुरी रहेको बताएका छन् । साथै पानी जहाजको बीमा गर्ने पहिलो इन्स्योरेन्स सिद्धार्थ नै भएको र अहिलेसम्म ४ वटा जेट बोटको बीमा भएको जानकारी गराएको पनि कार्यक्रममा उनले जानकारी दिए ।

नयाँ थप गरिएको बीमा सेवामा सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमालेख हो । त्यसैगरी सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान श्रीमति तथा १८ वर्षसम्मका २ सन्तान एकै बीमालेखमा समावेश गरिएको छ । अर्को बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS