IME Life New

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १३ करोड ६९ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ४९ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ९ करोड १६ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।

Esewa
Crest

कम्पनीले पुस मसान्तसम्ममा ५३ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार २४ दशमलव ५५ प्रतिशतले बढेर ९० करोड ८ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बीमा कोषमा ७२ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो ।

पुस मसान्तसम्म ५१ करोड ८८ लाख १९ हजार रुपैयाँ कुल दाबी भुक्तानी भएको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३१ करोड ९९ लाख १६ हजार रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ३७ करोड ७२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS