IME Life New

सिटिजन्स बैंकले सार्वजनिक गर्यो वित्तीय सचेतनामूलक भिडियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैंकले  बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउने उद्धेष्यले #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सात वटै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सका बीच सो भिडियो सार्वजनिक गरेका हुन् ।

Esewa
Crest

सो अवसरमा उनले बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमूना सेवा सुविधा दिंदै अघि बढ्न आग्रह गरे ।

बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बाहनामा ग्राहकहरुसँग पासवर्ड, ओटीपी, खाताको विवरणहरु माग्ने साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरु जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढि रहेको र यस सचेतना भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधिहरुको न्युनिकरण गर्न भिडियोले सहयोग गर्ने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास लिएको कम्पनीले बताएको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS