IME Life New

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई २ लाख रुपैयाँ सहयोग प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बेबी लाइफ होम’लाई आर्थिक सहयोग स्वरूप २ लाख रुपैयाँ प्रदान गरेको छ।बैंकले एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको उक्त संस्थालाई सहयोग गरेको हो ।

बैंकले आफ्नो १७औँ वार्षिक उत्सव आगामी वैशाख ७ गते मनाउँदै छ। सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरतास्वरूप वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

विशेष गरी विपन्न समुदायमा जन्मेका एचआईभी पजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोबीच दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो।

बेबी लाइफ होममा रहेका एचआइभी संक्रमित २७ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने संस्थाका सञ्चालक पुनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS