IME Life New

सिजी टेलिकमले आइपिटिभि ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा संचालनमा ल्याएको चौधरी समूहको सिजी नेटले चाँडै नै आइपि टिभि समेत संचालनमा ल्याउने भएको छ । अन्य इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको माध्यमबाट चल्ने आइपिटिभी समेत एकमुष्ठ ग्राहकलाई उपलब्ध गराइरहेको हुँदा बजार प्रतिस्पर्धामा टिक्न सिजी नेटले आइपि टिभी समेत संचालनमा ल्याउने तयारी गरेको हो ।
भारतीय दूर संचार सेवा प्रदायक कम्पनी एयरटेलसँग सिजी टेलिकमले आइपिटिभी र भिडियो ओटिटि सेवाको लागी सम्झौता गरिसकेको छ । एयरटेलले मोबाइल,कम्प्युटर वा आइपिटिभिमा इन्टरनेटको माध्यमबाट सहजै भिडियो हेर्न मिल्ने सुविधा सहितको एयर टेल आइक्यु भिडियो नामक सेवा शुरु गरेको छ । एयरटेलले क्लाउड(अभौतिक) प्रविधिमा आधारित यो प्रविधिको विकासबाट थोरै डाटामा उच्च गुणस्तरिय भिडियो हेर्न सकिने सुविधा रहेको जानकारी दिएको छ ।
चौधरी समूह(सिजी ग्रुप)को प्रबन्धक निर्देशक निर्वाण चौधरीले भनेका छन्, दूर संचार सेवा अन्तर्गत नेपालमा अत्याधुनिक प्रविधिको आइपिटिभि र भिडियो ओटिटि सेवा संचालनमा ल्याउन इच्छुक छौं । दूरसंचार सेवामा एयरटेलको लामो अनुभव र अत्याधुनिक प्रविधिको प्रयोगले हामीलाई साझेदारीसँग सहज भएको छ ।
सिजी टेलिकमले दुई वर्ष अघि नै नेपालमा इन्टरनेटमा आधारित दुर संचार सेवा शुरु गर्ने तयारी गरेपनि तत्कालीन नेकपा सरकारले इजाजत नदिएको हुँदा सिजि टेलिकमले औपचारिकरुपमा सेवा शुरु गर्न सकेको छैन । तर यसबीचमा सिजि कम्युनिकेशनमार्फत् चौधरी समूहले इन्टरनेट सेवा शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS