IME Life New

सिइओ सावहरुले एक दुई जना कर्मचारीबाटै कम्पनी सञ्चालन गर्न खोज्नु भयो : अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुका सिइओ सावहरुले एक दुई जना व्यक्तिहरु मार्फत कम्पनी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् ।  रिलायन्स लाइफले आयोजना गरेको एक कार्यक्रममा सिलवालले यस्तो आरोप लगाएका हुन् । उनले भने ‘बीमा कम्पनीका सिइओ सावहरुले कुनै पर्टिकुल मान्छे अर्थात एक दुई जनाबाट कम्पनी सञ्चालन गरिरहनु भएको छ, यो सरासर गलत कुरा हो ।’

समितिले केहि समयदेखि सम्पुर्ण बीमा कम्पनीहरुका विभागिय प्रमुखहरु सँग छलफल गरिरहेको छ । छलफलका क्रममा समितिले कम्पनीहरु भित्रको आन्तरिक राजनीतिलाई केहि हदसम्म चिर्न खोजेको हो ।  बीमा कम्पनीका केहि डिपार्टमेन्टहरु ज्यादै महत्वपुर्ण हुन्छन् । जस मध्ये अण्डराइटिङ, दाबी भुक्तानी र कम्प्लाइन्स हेर्ने विभागहरुमा आफु निकटका कर्मचारीहरुलाई राखेका हुन्छन् । छलफल तथा अन्तर्क्रियाका क्रममा दाबी, अण्डराइटिङ र कम्प्लाइन्समा एउटै मान्छे पाइएको अध्यक्ष सिलवालले बताए ।

Esewa
Crest

उनले भने ‘समस्या के छ भने १८ वर्ष, १५ वर्षदेखि एउटा मान्छे एउटै डिपार्टमेन्टमा छ । किन ? यसको के अर्थ हो ? तपाई जागिर खान आइसकेपछि रिलेसनको कुरा हुन्छ । सरुवाको कुरा हुन्छ । बढुवाको कुरा हुन्छ । तर यो किन हुँदैन ।’ कम्पनीहरुले कर्मचारी विनियमावली बनाए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै सिलवालले कम्पनीका सिइओहरुलाई विनियमावली अनुसार अधिकार प्रत्योजन किन नगरेको भन्दै प्रश्न गरेका छन् । कम्पनीले एउटै व्यक्ति प्रति निर्भर हुन नहुने भन्दै रोटेसन प्लान बनाउन समेत उनले निर्देशन दिएका छन् ।

कम्पनीहरुमा यस्तो अवस्था देखिने वित्तीकै समितिले साउन १३ गते सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै संस्थागत सुशासन निर्देशिकामा भएका व्यवस्थालाई टेकेर सोहि अनुसार कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

समितिले दिएको उक्त निर्देशनको अक्षरस पालना गर्न सिलवालले निर्देशन दिएका छन् । यदि निरिक्षणका क्रममा उक्त निर्देशनको पालना भएको पाइएन भने कम्पनी र समिति विचको रिलेसन राम्रो नहुने बताएका छन् । उनले भने ‘यदि निरिक्षणका क्रममा बीमा समितिले भोलिका दिनमा फेरि फेरि पनि पायो भने ‘समिति र कम्पनी विचको रिलेसन के हुन्छ ?’ त्यो कुरोलाई बुझिदिनु पर्यो ।’

कुनै पनि डकुमेन्ट समितिले आफ्नो लागि नबनाएको भन्दै सिलवालले भने ‘यो उहाँहरुको सहमतिमा बनेको डकुमेन्ट हो । यति गर्दाखेरि कम्पनीमा सुशासन हुन्छ । राम्रो हुन्छ भनेर बनाइएको हो त्यस कारण सबैले त्यसलाई पालना गरिदिनु पर्यो ।’

अध्यक्ष सिलवालले कम्पनीका सञ्चालकहरुलाई पनि जवाफदेही हुन अनुरोध गरेका छन् । सञ्चालकहरुले आफ्नो कम्पनीमा के भइरहेको छ अवस्था कस्तो छ भनेर पनि बुझिदिनु पर्ने उनको भनाइ रहेको छ । उनले भने, दुई तीन महिनामा कम्पनीको अवस्था के छ भनेर उहाँहरुले बुझ्नु पर्यो । सञ्चालक समिति खालि बैठक बस्न मात्रै आउने होइन । मेरो कम्पनीमा के भइरहेको छ । मेरो कम्पनीको सुशासनको पक्ष कस्तो छ । मेरो कम्पनीको अण्डराइटिङको पक्ष कस्तो छ । दाबी किन भुक्तानी भएको छैन । अव सञ्चालक समितिले तीन तीन महिनामा बसेर आफ्ना सिइओ र डिपार्टमेन्ट हेडहरुसँग बसेर त्रैमासिक समिक्षा गर्नु पर्छ । ताकि उहाँहरुले भनिरहनु भएको हामीले सुशासनको पक्षलाई असाध्यै पालना गरेका छौ भन्ने कुराहरुलाई उहाँहरुले प्रमाणित गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS