IME Life New

सिंगल डिजिटमा झर्यो एक दर्जन वाणिज्य बैंकको आधारदर, घट्न थाल्यो कर्जाको ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जा प्रवाहले गति लिन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। अधिक तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले गत मंसिरदेखि लगातार निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ। बैंकहरु पनि बाध्य भएर न्यून ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले आज सूचना जारी गर्दै माघमा लागू हुने नयाँ ब्याजदर छन्। अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। निक्षेपको लागत घटाएसँगै कस्ट अफ फन्ड घट्ने भएकोले बैंकहरुको आधारदर पनि घट्दै जाने देखिन्छ। आधारदर घट्दा बैंकहरुको प्रवाह हुने कर्जाको ब्याजदर पनि घट्दै जान्छ।

Esewa
Crest

हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १२ दर्जन बैंकको आधारदर सिंगल डिजिटमा आइसकेको छ। बाँकी ८ वटाको अझै १० प्रतिशतभन्दा माथि नै रहेको छ।

वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा कम आधारदर रहेको छ। यो बैंकको आधारदर ७.७७ प्रतिशत रहेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकको आधारदर १० प्रतिशतभन्दा तल रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको आधारदर ८.३९ प्रतिशत, एभरेस्ट बैंकको ८.९५ प्रतिशत, नेपाल बैंकको ८.९६ प्रतिशत, नबिल बैंकको ९.३ प्रतिशत, प्रभु बैंकको ९.३३ प्रतिशत, सिद्धार्थ बैंकको ९.४६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९.४७ प्रतिशत, सानिमा बैंकको ९.५८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.४६ प्रतिशत, नेपाल एसबीआई बैंकको ९.८ प्रतिशत र माछापुच्छ्रे बैंकको ९.८६ प्रतिशत रहेको छ।

एनएमबि बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकको आधारदर भने १० प्रतिशतभन्दा माथि रहेको छ। जसमा एनएमबि बैंकको १०.०३ प्रतिशत, कृषि विकास बैंकको १०.११ प्रतिशत, सिटिजन्स बैंकको १०.१३ प्रतिशत, एनआईसी एसिया बैंकको १०.३९ प्रतिशत, प्राइम बैंकको १०.४४ प्रतिशत, हिमालयन बैंकको १०.६१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १०.६२ प्रतिशत र कुमारी बैंकको १०.६६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

78%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS