IME Life New

सावधान ! एआईसँग गर्नुहुन्छ प्रेम ? अनुसन्धानकर्ताले दिए यस्तो चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजकल एआई जताततै छ। चाहे त्यो अफिस होस् वा कलेजको काम होस् वा मोबाइलको ह्वाट्सएप एप होस्। एआईको जताततै प्रयोग भइरहेको छ।

यतिमात्र होइन धेरै कम्पनी र अनुसन्धानकर्ताले तपाइँका लागि भर्चुअल एआई पार्टनर पनि तयार गरिरहेका छन्। जसले तपाइँसँग मायालु कुरा गर्नेछ र तपाइँको हेरचाह गर्नेछ। यदि तपाइँ यस्तो भर्चुअल एआई पार्टनरसँग प्रेममा पर्नुभयो भने त्यो एउटा भ्रममात्र हो भनेर ध्यान राख्नुहोस्।

Esewa
Crest

एमआईटीका अनुसन्धानकर्ताले यस विषयमा ठूलो खुलासा गरेको छ। एमआईटी समाजशास्त्री र मनोवैज्ञानिक अनुसन्धानकर्ता शेरी टर्कलले आफ्नो अनुसन्धान प्रतिवेदनमा एआईद्वारा गरिएका यी चिज कृत्रिम रहेको र यसले व्यक्तिको भावनात्मक स्वास्थ्यलाई कमजोर पार्न सक्ने चेतावनी दिइएको छ। टर्कलले करिब एक दशकदेखि मानव र प्रविधिबीचको बढ्दो सम्बन्धबारे अनुसन्धान गरिरहेकी छिन्। ‘एआई च्याटबट र भर्चुअल साथीहरुले हामीलाई सान्त्वना दिन सक्छन् र हाम्रा साथी पनि बन्न सक्छन्’, प्रतिवेदनमा भनिएको छ, ‘तर, तिनीहरुसँग वास्तविक भावना हुँदैन र मानव भावना पनि प्रतिस्थापन गर्न सक्दैनन्।’

हालै एउटा अर्को अनुसन्धान बाहिर आएको छ। जसलाई उनले आर्टिफिसियल इन्टिमेसी भनिन्छ। त्यसमा मानव र एआई च्याटबटबीचको भावनात्मक सम्बन्धको व्याख्या गरिएको छ। एक अन्तर्वार्ताको क्रममा टर्कलले वास्तविक मानव समानुभूति र मेसिनहरुद्वारा उत्पन्न समानुभूति बीचको भिन्नता रहेको बताइन्। ‘यो समस्या हो कि जब हामी सम्बन्ध खोज्छौँ, हामी प्रेम वास्तवमा सहानुभूतिबाट उत्पन्न हुन्छ भनेर बिर्सन्छौँ’, उनले भनिन्।

शोधकर्ताहरुले यसलाई कृत्रिम समानुभूति मानेका छन्। ‘किनकि मेसिनले मानिससँग समानुभूति गर्दैन। मेसिनको काम मानिसलाई उसको औषधि र कामको सम्झना गराउनुमात्र हो’, शोधकर्ताहरुले भनेका छन्, ‘प्रेम गर्नु होइन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS