IME Life New

सामान्य कर्जा नोक्सानी व्यवस्था १% मा झारियो, गाडी कर्जाको मूल्य अनुपात ६०% कायम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामान्य कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत मात्र काम गरे पुग्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै हालै सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबमोजिम सामान्य कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतमात्र कायम गरे पुग्ने व्यवस्था गरेको हो। यसअघि १.१० प्रतिशत रहेको थियो।

Esewa
Crest

त्यस्तै सूक्ष्म निगरानीको ५ प्रतिशत, कमसलको २५ प्रतिशत, शंकास्पदको ५० प्रतिशत र खराबको १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई निरन्तरता दिइएको छ।

उता सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका लागि व्यक्तिगत अन्य सवारीसाधनको ऋण मूल्यको अनुपात (लोन टु भ्यालु रेसियो) अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था संशोधित निर्देशनमार्फत गरिएको छ। यसअघि व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतमात्र गर्नुपर्ने व्यवस्था रहेको थियो।

संशोधित निर्देशनबमोजिम नै गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

Circular-9-Final-publish-ABC

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS