IME Life New

सामाजिक सुरक्षा भत्ता अब बैंक खातामा मात्र भुक्तानी हुने, नगद बाँड्न बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई वितरण गरि‌ंदै आएकाे सामाजिक सुरक्षा भत्ता पूर्णरुपमा बै‌ंकिङ प्रणालीबाट मात्र वितरण हुने भएकाे छ। सरकारले चालू आर्थिक वर्षदेखि सबै स्थानीय तहरुमा बै‌ंकिङ सेवा पुगी सकेकाे भन्दै बै‌ंकिङ प्रणालीमार्फत् मात्र वितरण गर्ने निर्णय गरेकाे थियाे ।

तीन चरणमा देशभरका ७५३ स्थानीय तहमा दर्ता भएका ३८ लाख सेवाग्राही सबैलाई अब बैंकिङ प्रणालीबाटै भत्ता बाँडिनेछ । सरकारले २०७७ मंसिर १ देखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरे पनि कतिपय स्थानीय तहमा बै‌ंक सेवा नपुगेकाे भन्दै पूर्णरूपमा कार्यान्वयनमा आएकाे थिएन ।

Esewa
Crest

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्राहीकाे सुविधा र भत्ता रकम वितरणमा अनियमितता नियन्त्रणका लागी सिधै बै‌ंक खातामा मात्र रकम पठाउन लागिएकाे जानकारी दिएकाे छ। । कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित व्यक्तिको खातामा भत्ता रकम जम्मा गर्नेछ।

सामाजिक सुरक्षा भत्तावापत सरकारले वार्षिक १ खर्ब २५ अर्ब रूपैयाँ वितरण गर्दै आएकाे छ। बै‌ंकिङ प्रणालीमार्फत् वितरण गर्दा दुरुपयाेग राेकिएर खर्चभारमा केही कमी आउने विभागकाे विश्वास छ। ज्येष्ठ नागरिक, एकल महिला, विपन्न, अशक्त र असहाय, अपांगता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्थानीय तहकाे सिफारिशमा भत्ता वितरण गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS