IME Life New

सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गरी हिमालयन लघुवित्तले मनायो वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा यस वर्ष पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

Esewa
Crest

कार्यक्रम अन्तर्गत झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र -याक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र गरी १२औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको हो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS